मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० पौष ४, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने सचिव श्रेष्ठले बताए ।

‘श्रेष्ठले कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै मिति तोक्ने गरी तोकिएका सबै अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ’, उनले भने ।

बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने भन्नेबारेमा पनि छलफल भएको सचिव श्रेष्ठले बताए । उनले केन्द्रीय कमिटीको सङ्ख्या कस्तो बनाउने, महाधिवेशन चुनावको विधि कसरी गर्ने भन्नेबारेमा पनि छलफल भइरहेको उल्लेख गरे ।

सचिव श्रेष्ठले सङ्गठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा पनि छलफल भइरहेको बताए । विधानमा ७० वर्षको उमेरको सीमा तोकेको भए पनि सबैखालका उमेर समूहलाई समेटेर लैजानेबारे पनि छलफल भइरहेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस