नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ५, बिहिबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस ५,काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए । बुधवार नियुक्त भएका न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस