प्रेस मञ्चको प्रशिक्षण जनकपुरमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० पौष ५, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पुस ५,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट संगठन प्रेस मञ्च, नेपालले प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मधेस प्रदेशको जनकपुरमा संगठनको प्रदेश समितिले तीनदिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

मंगलबारदेखि जारी कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजनीतिक समिति सदस्य अर्जुन थापाले प्रशिक्षण दिइरहेका छन् । पार्टी अध्यक्ष यादवले संघीयता, समाजवाद, मधेस र पत्रकारिता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए ।

नेता अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिए । प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारसहित करिब १०० जना सहभागी रहेका छन् । प्रशिक्षण भोलिसम्म चल्ने छ । प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध करिब १०० जना सहभागी रहेका छन् । प्रशिक्षण भोलिसम्म चल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस