‘राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ’ : सभापति देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ७, शनिबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे । सभापति देउवालेअहिलेको बेला सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भुमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशीतामा आधारित व्यवस्था भएको बताए ।

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस