महामन्त्री शर्मा भन्छन्-‘प्रदेशलाई अधिकार दिने कानून नल्याए सिंहदरबार घेर्छौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ७, शनिबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

आज ९शनिबार० बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न आग्रह गरे ।

उनले काँग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर काँग्रेसले सिंहदरबार घेर्ने बताए । उनले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस