आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १२, बिहिबार (१ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

पुस १२,काठमाडौँ । प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्ने सङ्केत गरिरहेका बेला सत्तारुढ मुख्य दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बस्ने बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने कांग्रेसको तयारी छ । बैठकमा पार्टीबाट मन्त्री भएकाहरुले आफूले गरेका कामबारे जानकारी गराउँदैछन् ।

साथै महासमिति बैठकको तयारी र राष्ट्रिय सभा चुनावलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने कांग्रेसले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस