समाजवादी मोर्चाको संयोजकमा विप्लव, सदस्य सचिवमा प्रकाण्ड चयन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
समाजवादी मोर्चाको संयोजकमा विप्लव, सदस्य सचिवमा प्रकाण्ड चयन

फागुन ६, काठमाडौँ । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तोकिएका छन् ।
आज बिहान बसेको बैठकले विप्लवले आगामी दिनमा नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । यसअघि मोर्चाको संयोजकमा माधवकुमार नेपाल थिए । मोर्चा संयोजकको कार्यकाल ४ महिने हुन्छ ।

यसअघि दुई कार्यकाल माधव नेपाल निरन्तर संयोजक बने। मोर्चाको सदस्य सचिवमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनिएका छन् । महासचिव गुरुङका अनुसार जो संयोजक तोकियो सोही पार्टीको अर्को व्यक्ति सचिव बन्ने मोर्चाको परम्परा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस