नेपालबाट डिपोर्ट हुनेमा आधा चिनियाँ ! भिसा सकेपछि पनि चिनिँयाहरु नेपालमा किन बस्दैछन् ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० फागुन ८, मंगलबार (१ साल अघि)
  • ३१ पटक पढिएको
नेपालबाट डिपोर्ट हुनेमा आधा चिनियाँ ! भिसा सकेपछि पनि चिनिँयाहरु नेपालमा किन बस्दैछन् ?

फागुन ७,काठमाडौँ । सन् २०२३ मा ४५९ विदेशी नागरिक नेपालबाट निष्काशित (डिपोर्ट) भएका छन् । यो सन् २०२२को तुलनामा १११ जनाले कम हो । सन् २०२२मा नेपालबाट ५७० जना विदेशी नागरिक डिपोर्ट भएका थिए । ७ वर्षयता ३ हजार ५७७ जना विदेशी नागरिक डिपोर्ट भएका छन् । सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१, २०२० मा ३३२, २०२१ मा ३०८ जना नेपाली नागरिक डिपोर्ट भएको संसदको राज्य व्यवस्था समिति तथा सुशासन समितिलाई अध्यागमन विभागले दिएको कामकाज बारेको प्रतिवेदनको तथ्यांकमा उल्लेख छ ।

डिपोर्ट हुनेमध्ये अधिकांश भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरु रहेको अध्यागमन विभागले जनाएको छ । विभागका सूचना अधिकारी तथा निर्देशक प्रेमप्रसाद दाहालका अनुसार कुनै पनि विदेशी नेपाल प्रवेश गर्न १५, ३० वा ९० दिनको पर्यटक (टुरिस्ट) भिसा नै लिनुपर्छ । सो भिसाको अवधि ६० दिनसम्म थपेर बढीमा पर्यटक १५० दिनसम्म मात्रै बस्न पाइन्छ ।

टुरिस्ट भिसाको म्याद सकिनुअघि सो भिसाको अवधि थप्न वा त्यसलाई अध्ययन, कामदार, वैवाहिक, रिलेसन भिसामा परिणत गर्न पनि सकिन्छ । तर, कुनै १५० दिनसम्म टुरिस्ट भिसामै नेपाल बसेपछि पर्यटक भिसा बाहकले अरु भिसा नलिएमा डिपोर्ट गर्नुपर्ने व्यवस्था रहेको सूचना अधिकारी दाहालले बताए । ‘१५० दिनभन्दा एक दिन बढी भयो भने पनि डिपोर्ट गर्नैपर्छ,’ उनले भने, ‘त्यसपछि भिसा शुल्क तिरेर बस्छु भन्दा पनि अनुमति व्यवस्था छ ।’

दाहालका अनुसार नेपालमा चिनियाँ पर्यटकलाई १५० दिनसम्मका लागि कुनै भिसा शुल्क लाग्दैन । त्यही सुविधा प्रयोग गरेर बसेका चिनियाँहरुमा तोकिएको अवधिसम्म पर्यटक भिसामा बस्ने र अन्य भिसामा परिणत नगर्ने समस्या भएकाले डिपोर्ट हुने गरेका छन् । ‘कुल संख्यामा हेर्दा डिपोर्ट हुनेमा ४७ प्रतिशत चिनियाँहरु हुन्छन्,’ उनले भने, ‘डिपोर्टमा परेकामध्ये ८ प्रतिशत अमेरिकामा पर्यटक छन् ।’

१५० दिन नाघेर नेपालमा बसेका पर्यटकलाई सम्बन्धित भिसा वर्षभरि नेपाल आउन नपाइने गरी डिपोर्ट गर्ने गरिन्छ । कसैले एक वर्षभन्दा बढी अवधि नै बसेको पाइए २ वर्षसम्म आउन नपाइने गरी डिपोर्ट गरिन्छ । अपराध गरेकाहरुलाई सजायको स्तरअनुसार ७ वर्षसम्मका लागि फर्किन नपाउने गरी डिपोर्ट गर्ने गरिएको दाहालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस