|k//fi6«dGqL ;fpb /f;;Fu s'/fsfgL ub}{ sf7df8f}F, !) k'; M jt{dfg ;/sf/ u7g ePsf] Ps jif{ k'u]sf] cj;/df k//fi6«dGqL gf/fo0fk|sfz ;fpb /f;;;Fu s'/fsfgL ub}{ . tl:a/ M xl//fd e]6'jfn÷ /f;;
फागुन ९, काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन् । रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।