नजिकिँदै प्रचण्ड-ओली ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ९, बुधबार (१ साल अघि)
  • २८ पटक पढिएको
नजिकिँदै प्रचण्ड-ओली ?

फागुन ९, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ ।

एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबिचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको देखिन्छ । संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हुँदै आएको छ । सोही कारण एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन खोजेको र सरकारमा हिस्सेदार बन्न खोजेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस