फागुन ९, काठमाण्डौँ । नेकपा एमाले बिज्ञान तथा प्रविधि बिभागको आयोजनामा प्रविधी प्रदर्शनी भएको छ । नेकपा एमाले केन्द्रिय कमिटी बैठकलाई लक्षित गरि केन्द्रीय कार्यालय च्यासलमा दुईदिने प्रदर्शनी शुरु भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट अवलोकन शुरु गर्दै शुरु भएको प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीहरुले सहभागीता जनाएका छ्न । प्रविधि कम्पनी रामलक्ष्मणको डिजिटल ठेगाना कता हो देखि ड्रोन रोवटको प्रदर्शनी, लघु उद्यम सम्बन्धि नेपालमै मेसिनहरु बनाउने भुमी सप्लायर्स कम्पनिका दुना टपरी बनाउने मेसिन, फाईबर उत्पादन ,केराका पातबाट डोरी बनाउने मेसिनहरु, गल्ली म्यापको जानकारी, अर्ग्यानिक कृषि औषधीको जानकारी, मिनि हाईड्रोको जानकारीहरुको स्टल राखिएको छ । देशभरबाट एमाले केन्द्रिय कमिटी बैठकमा सहभागी हुन आएका नेताहरुले चाखपुर्वक प्रदर्शनीको अवलोकन गरिरहेका छन् ।