नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी, के-के छन् एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ९, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक बुधबार पनि जारी रहने छ । आजको बैठकमा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल सुरु हुने तयारी छ ।

ललितपुरको गोदावरीमा सोमबार सुरु भएको बैठकमा हिजो उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टी प्रवक्ता डा। प्रकाशशरण महतलगायत पाँच जनाले विभिन्न पाँच प्रतिवेदन पेस गरेका छन् ।

‍हिजोको बैठकमा उपसभापति खड्काले नीति, महामन्त्रीद्वय थापा र शर्माले क्रमशः सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै, प्रवक्ता महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी र श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस