प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभा बैठक बस्दै, आजबाट मन्त्रालयगत बजेट माथि छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २७, आईतबार (११ महिना अघि)
  • ८३ पटक पढिएको
प्रतिनिधि सभा बैठक बस्दै, आजबाट मन्त्रालयगत बजेट माथि छलफल हुने

जेठ २७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटबारे छलफल हुनेछ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत आज चारवटा मन्त्रालयको छलफल हुनेछ । वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथि आज छलफल हुनेछ । त्यस्तै आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

#प्रतिनिधि सभा बैठक

ताजा अपडेट

खोजी गर्नुहोस