२ मन्त्रीको विदेश भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णयहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ७, शुक्रबार (९ महिना अघि)
  • ६३ पटक पढिएको
२ मन्त्रीको विदेश भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णयहरु

भाद्र ७, काठमाडौँ । सरकारले दुईजना मन्त्रीहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष शिवराज अधिकारीलाई पनि विदेश भ्रमण जान अनुमति दिने निर्णय गरेको छ ।

आगामी कात्तिकको २२ देखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा हुने बालबालिकाविरुद्धको हिंसा अन्त्यबारेको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको भ्रमण स्वीकृत गरेको छ ।

यस्तै २७ र २८ भदौमा आयोजना हुने ‘वान प्लानेट नेटवर्क फोरम–२०२४’मा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल जाने भएका छन् । सो भ्रमणलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस