छिट्टै देशको प्रधानमन्त्री महिला बनाउनेबारे सोचिराखेको छु: प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ८, शनिबार (९ महिना अघि)
  • ५९ पटक पढिएको
छिट्टै देशको प्रधानमन्त्री महिला बनाउनेबारे सोचिराखेको छु: प्रधानमन्त्री ओली

भाद्र ८, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन्।

युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन। डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ। त्यो रुल अहिले मैले सरकारको बनाएको छु। महिलाहरुको लागि थुप्रै काम गरेको छ।’

ताजा अपडेट

खोजी गर्नुहोस