मंगलादेवी सिंहको २८औं स्मृति दिवस मनाइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १०, सोमबार (८ महिना अघि)
  • ५२ पटक पढिएको
मंगलादेवी सिंहको २८औं स्मृति दिवस मनाइयो

भाद्र १०, काठमाडौँ । नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी सिंहको २८ओै स्मृति दिवस मनाइएको छ।

स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवति डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो।

मंगलादेवी पुत्रसमेत रहेका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे। माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस