भाद्र १०, काठमाडौँ । सरकारले संविधान दिवस २०८१ भव्य रुपमा मनाउने तयारी गरेको छ । यो दिवसलाई जनस्तरमा स्मरणीय तथा हर्र्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गृह मन्त्रालयले आयोजना गरेको बैठकले संविधान सभाबाट नेपालको संविधान जारी भएको दिन २०७२ असोज ३ लाई राष्ट्रिय रूपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावली लगायतका विविध कार्यक्रम तय गरेको होे ।
असोज २ गते नारायणहिटी दरबारमार्गमा सांगितिक महोत्सव नेसनल डे कन्सर्ट र दिवसका दिन असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ ।
#संविधान दिवस