सांसद श्रेष्ठको प्रश्न : राजदूत देशको कि राजनीतिक दलको ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १२, बुधबार (८ महिना अघि)
  • ५८ पटक पढिएको
सांसद श्रेष्ठको प्रश्न : राजदूत देशको कि राजनीतिक दलको ?

भाद्र १२, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजदूत नियुक्त ढिलाइ हुँदा देशको छवि अन्तर्राष्ट्रियस्तरमा धमिलिएको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभामा बोल्दै सांसद श्रेष्ठले राजदूत पनि बारबार परिवर्तन हुने र पछिल्लो समय लामो समयदेखि राजदूत नियुक्त ढिलाइ हुँदा देशको छवि अन्तर्राष्ट्रियस्तरमा धमिलिएको बताएका हुन् ।

उनले भने, ‘लामो समयदेखि राजदूत नियुक्त हुन सकेको छैन । दुई ठूला दल मिलेर बनेको सरकार छ तर राजदूत नियुक्तिमा ढिलाइ किन ? भागबण्डा नमिलेर हो ? के राजदूत पद राजनीतिक भर्ती केन्द्र हो ? राजदूत देशको प्रतिनिधि भएर जाने हो की दलको ?’

ताजा अपडेट

खोजी गर्नुहोस