असोज ४, धादिङ । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा धादिङ क्षेत्र नम्बर १ का संघिय सांसद राजेन्द्र प्रसाद पाण्डेले धादिङको समग्र बिकासमा आफ्नो ठुलो देन रहेको उल्लेख गरे । बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको शिक्षक, बिद्यार्थी सम्मान कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका पाण्डेले अब हरेक कुनामा बिकासको लहर छाउने आश्वासन समेत दिलाए ।
गाउँपालिकाले शिक्षा दिवस तथा संबिधान दिवसमा आयोजना गरेको कार्यक्रम भब्य रुपमा सफल बनाउँदै शिक्षामा राष्ट्रकै निकै ठुलो लगानी रहेको बताए । शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीले दक्ष ब्यक्तिहरु उत्पादन हुनुपर्ने र देशभर स्वरोजगारको अभियान चलाउनुपर्ने कुरामा उनको जोड थियो । उनले बेनिघाट रोराङले गरेका हरेक काम उत्कृष्ट रहेको र आगामी दिनमा आफ्नो सहयोग पालिकामा सदैव रहने समेत प्रतिबद्धता जनाए ।
शिक्षा नै मानिसको सबैभन्दा ठुलो आँखा भएको भन्दै यसलाई उच्च सम्मानका साथ अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । गाउँपालिकाले आयोजना गरेको यस्ता कार्यक्रममले बिद्यार्थी, शिक्षकहरुमा आत्मबल निकै दरो हुने भन्दै यस्ता कार्यक्रम जरुरी रहेको उनको भनाई थियो । देशभरबाट बेनिघाट रोराङ गाउँपालिका उत्कृष्ट भएको स्मरण गर्दै शिक्षा क्षेत्रमा समेत पहिलो पालिका हुने कुरामा जोड दिए ।
बेनिघाट रोराङ गाउँपाकिलाले शिक्षा क्षेत्रमा गरेको लगानीले अबका दिनमा अझ बढी राम्रा नतिजा आउनेमा आशावादी रहेको पनि उद्घोष गरे । करिव ३ सय शिक्षक तथा बिद्यार्थीहरुको सम्मान गरिनु निकै ठुलो उपलब्धि रहेको बताउँदै संबिधान दिवसका अबसरमा शुभकामना समेत दिएका थिए ।
अनलाइनकेन्द्रका डेस्क सम्पादक सुवेदी समसामयिक विषयमा कलम चलाउछन् ।