रवि लामिछाने सोमबार र मंगलबार नै हिरासतमा रहने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २९, सोमबार (३ महिना अघि)
  • ६३ पटक पढिएको
रवि लामिछाने सोमबार र मंगलबार नै हिरासतमा रहने

पुस २९,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः न्यायिक हिरासत पठाउने आदेश दिइएको छ। बहस नसकिएपछि उनलाई आज पनि न्यायिक हिरासत पठाइएको हो।

सोमबार सरकारी वकिल र जोहेरीकर्ता तर्फका वकिलले बहस गरेका थिए । रवि लामिछाने पक्षका वकिलहरुले आज बहस गर्न पाएका थिएनन् । भोलि माघे संक्रान्तिका कारण सार्वजनिक विदा भएकाले रवि सोमबार र मंगलबार नै हिरासतमा रहने भएका छन् । भोलि अदालत नखुल्ने भएकाले बुधबार मात्रै थुनछेकको बाँकी बहस हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस