सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २, बुधबार (४ महिना अघि)
  • ५१ पटक पढिएको
सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर !

माघ २,काठमाडौँ । सरकार स्वेच्छाचारी बनेको विपक्षी दलले ठहर गरेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले उक्त ठहर गरेको हो ।

बैठकमा संसद् छलेर अध्यादेशहरु ल्याएको भन्दै त्यसको विरोध गरेको छ । साथै बैठकले संसद्को अधिवेशन बोलाउन माग गरेको छ ।

यदि सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको तयारी भएको बैठक पछि माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

बैठकले प्रतिपक्षी दलहरूले केही दिनभित्र साझा धारणा बनाउन ड्राफ्ट कमिटी बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस