तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २२, मंगलबार (४ महिना अघि)
  • ५७ पटक पढिएको
तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

माघ २२, काठमाण्डौँ । मंगलबार तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको १ बजे बस्दै छ । बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि दफावार छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दै छ । बैठक दिनको साढे १२ बजे सिंहदरबारमा बस्दै छ ।
नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ मा दफावार छलफल हुने बैठकको कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६१ औँ बैठक बिहानको ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरूसँग छलफल गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस