राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २७, मंगलबार (१ दिन अघि)
  • ६४ पटक पढिएको
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित

जेठ २७, काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो ।

समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस