चैत्र २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न संघसंस्थाहरुले एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिइ सहयोग गरेका छन् । स्वास्थ्य मन्त्रालयमै पुगेर आइतवार विभिन्न संस्थाहरुले एक हजार थान पिपिइ सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नेपाल भारत मानव विकास मैत्री संघले तीन सय थान पिपिइ सहयोग गरेको हो । यस्तै एनमएबी ग्रुपले ७ सय थान पिपिइ स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो । संस्थाले सहयोग गरेको पिपिइ लिदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उक्त पिपिइको गुणस्तर परीक्षण गरेर प्रत्येक प्रदेशहरुमा एक एक सय थानका दरले पठाउने जानकारी दिए ।