चैत्र २३, काठमाडौं । नेपालमा अहिलेसम्म १५ सय बढीको कोरोना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबारसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको हो । परीक्षण भएकामध्ये ९ जनामा कोरोना पुष्टि भएको छ । अन्य एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुसहित अहिले देशभरका सात स्थानमा कोरोना परीक्षण सुरु भएको छ ।
देवकोटाका अनुसार बुटवलमा सोमबारबाट परीक्षण सुरु हुनेछ भने चितवनमा आइतबारबाटै परीक्षण सुरु भएको छ । चितवनमा परीक्षण सुरु भएपछि उत्पत्यका बाहिर सात ठाउँमा टेष्ट सुरु भएको उनको भनाइ छ ।