सिरहाका प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि

Post Thumbnail

जेठ १४,सिरहा। जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले गरेका हुन् । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि प्रहरी उपरीक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेको प्रजिअ गुरागाईंले जानकारी दिए । गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब सङ्कलन गरिएको थियो । गणमा स्वाब सङ्कलन गरिएका गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।

जिल्ला प्रहरीका प्रमुख को सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका एसपी र सिडिओसहित १७ जनाको परीक्षण गर्न स्वाब पठाइएको छ। अहिले संक्रमित दुबैलाई अस्पताल लैजाने तयारी गरिएको छ। त्यस्तै संक्रमितको सम्पर्कमा आएकालाई क्वारेनटाइनमा राखिने भएका छ्न। योसँगै सिरहा मा  संक्रमितको संख्या ८ पुगेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस