वायुसेवा कम्पनीले भदाै १ गतेदेखि सहज रूपमा जहाज उडाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १०, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाण्डौ । सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् ।

कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन् । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलाइन्सलगायतले आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाउनका लागि स्वास्थ्य प्रोटोकललगायत मापदण्डको अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

बुद्ध र यतीले दुई महिनाअघि देखि कोभिड महामारीबाट कसरी सुरक्षित उडान गर्ने भनेर कर्मचारी तया यात्रुका लागि अभ्यास उडान ‘डेमो’ उडान गर्दै आएका छन् । सातामा दुई पटकसम्म अभ्यास उडान गरिँदै आएको कम्पनीले जनाएका छन् । हवाई यात्रा गर्नेले अनिवार्य मास्क, फेससिल्ड, सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । मास्क र सेनिटाइजर कम्पनीले उपलब्ध गराउनेछ भने फेससिल्डको कम्पनीले रकम लिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस