२५ हजार कमाउन २ लाख तिरेर विदेश

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीका लागि १० हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरे पनि ८० प्रतिशत श्रमिकलाई सेवा शुल्कवापत २ लाख रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाँदा न्यूनतम २५ हजारदेखि २ लाख रुपैयाँभन्दा बढी खर्च गरेको उल्लेख छ । औषत मासिक २५ हजार रुपैयाँ कमाउन विदेश जाने युवामध्ये २७।७ प्रतिशतसँग ७५ हजारदेखि १ लाख रुपैयाँसम्म असुली गरेको पाइएको हो ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको ‘विप्रेषणको प्रभावकारी उपयोग’ सम्बन्धी अध्ययन प्रतिवेदनअनुसार सो खर्च जुटाउनको निमित्त ७९।९ प्रतिशत युवाले चर्को ब्याजमा ऋण लिएर रकम जुटाएका थिए । वैदेशिक रोजगारविज्ञ डा गणेश गुरुङ सरकारले सेवा शुल्क तोके पनि यसको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न नसकेको कारण रहेको बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस