साउन १३, पोखरा । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६२ प्रतिशत काम सम्पन्न भएको छ । निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी ६२ प्रतिशत काम सम्पन्न भइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।
पर्यटनको राजधानी शहर पोखरालाई विश्वका अन्य शहरसँग सीधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माणाधीन विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१ को जुलाई १० मा निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।
हालसम्म १२ अर्ब रकम खर्च भएको निर्माण आयोजना प्रमुख विनेश मुननकर्मीले जानकारी दिनुभयो । हाल २४४ चिनियाँ र एक सय जना नेपालीले दैनिक काम गरिरहेका विमानस्थलमा तोकिएको समय सीमाभन्दा छ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको भए पनि कोरोनाका कारण असर पार्ने देखिएको प्रमुख मुननकर्मीको भनाइ छ ।