साउन १३, काठमाण्डौ । हिमालय एअरलाइन्सले साउन १६ गतेदेखि चौथो चरणको उद्धार उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन चौथो चरणको उद्धार उडान गर्ने लागेको हो ।
कुवेत, कुनमिंग चीन, दोहा कतार, अबुधावी यूएई , क्वालालम्पुर मलेसिया र दमाम साउदी अरेबियामा उद्धार चार्टर उडान गर्न लागेको एअरलाइन्सले सूचना मार्फत उल्लेख गरेको छ ।