माइतीघरमा आत्मदाहको प्रयास गरेका नीरजकुमारले पाए नागरिकता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ११, सोमबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ११, काठमाडौँ । मोरङका नीरजकुमार कामतले नेपाली नागरिकता पाएका छन् ।

२६ वर्षीय कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

उनले केही दिनअघि काठमाडौंको माइतीघर मण्डलामा नागरिकता माग गर्दै भएको आन्दोलनमा आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले तत्काल ठूलो घटना हुनबाट जोगाएको थियो । उनी मोरङ कटहरी गाउँपालिका(४ का किसुनदेव कामत र गुलाबदेवी चौधरीका जेठो छोरा हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस