यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १४, बिहिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १४,काठमाडौँ । सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनिएको हो ।

इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेस गर्न भनेको छ ।

‘हाललाई प्रस्तुत रिट निवेदनका निवेदकहरू र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नुगराउनु भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा उल्लेख गरिएको छ ।

यस्तै, पिंकी गुरुङ (सञ्जीव गुरुङ) सहित ९ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस