सप्तकोशीमा ट्रक खस्दाँ ट्रक बेपत्ता, सवार तीनको सकुशल उद्धार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २९, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाण्डौँ । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ ।
नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस