असार २९,काठमाडौँ । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
शुक्रवार आजको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लम्पी स्किन रोगको रोकथामका लागि सरकारले गरेको कामको बारेमा संसद्लाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रीलाई निर्देशन दिएका हुन्। उनले प्रतिनिधि सभा बैठकमा यस रोगको सम्बन्धमा पहिलेदेखि नै कुरा उठिरहेकाले यस सम्बन्धी स्पष्ट पार्न निर्देशन दिएका हुन्।
प्रतिनिधि सभा बैठक अहिले बसिरहेको छ।