आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ला रहने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ ३०, शनिबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाडौँ । आज पनि बैंक तथा बित्तिय संस्थाहरू पनि खुल्ला हुने भएका छन् ।
चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको बिषयलाई ध्यानमा दिदै शनिवार पनि बैंक तथा बित्तिय संस्था खुल्ला नै रहन लागेका हुन् ।

सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज शनिवार बैंक तथा बित्तीय संस्थाहरु खुल्ला भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस