एसईई परिक्षामा नगरपालिकामै उत्कृष्ट कोइरालालाई धुनिवेशी-६ को सम्मान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३१, धादिङ । २०७९ सालको एस.ई.ई परिक्षामा धुनिवेशी नगरपालिकामै प्रथम हुने विद्यार्थीलाई धुनिवेशी नगरपालिका वडा नं ६ को कार्यालयले नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुबाट २०७९ सालको एस.ई.ई परिक्षामा सबै भन्दा बढी अंक ३.८५ जिपिए ल्याइ एस.ई.ई पास गरेका गुड स्टार्ट ईङलिस स्कुलका दिवस कोईरालालाई नगदसहित वडा अध्यक्ष रमेश आचार्यले सम्मान गरेका हुन् ।

कोइरालालाई ५ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको वडाअध्यक्ष आचार्यले जानकारी दिए । यसपाली धुनिवेशी नगरपालिकाका विभिन्न विद्यालयबाट ३ सय ८८ जनाले परीक्षा दिएका थिए ।

जसमध्ये ए ग्रेड ल्याउने विद्यार्थी ३७ जना , बि प्लस ल्याउने ७० जना, बि ल्याउने १०१ जना, सि प्लस ल्याउने ९५ जना, सि ल्याउने ६३ जना, डि प्लस ल्याउने १२ जना र डि ल्याउने १ जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस