घट्यो सार्वजनिक यातायातको भाडा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण १, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो ।

घटाएको भाडा दर सोमबारबाटै लागू हुने विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस