पर्सामा कार्यरत दुई जना कर्मचारी सरुवा स्थानमा गएनन्

Post Thumbnail

दिपू वर्णवाल

साउन २, वीरगञ्ज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पर्सामा कार्यरत दुई जना कर्मचारी सरुवा भएको कार्यालयमा नगएको पाइएको छ ।
सातौँ तहको अधिकृत मेकानिकल इन्जिनियर पदमा रही कार्यरत सङ्केत नम्बर २१६९८२ का अमित कुमार दास र सङ्केत नम्बर १९७७२१ का सहायक शाखा अधिकृत रञ्जित कुमार प्रसाद साह सरुवा भएको सम्बन्धित कार्यालयमा नगई पुरानै कार्यालयमा जबरजस्ती काम गर्न खोजिरहेका छन् ।

२१ असार २०८० को पत्रबमोजिम रञ्जितको यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटमा काज फिर्ता गरिएको थियो भने सोही मितिको पत्रअनुसार अमितलाई यातायात पूर्वाधार निर्देशनालय मधेश प्रदेशमा सरुवा भएको छ ।

विगत ४ वर्षदेखि एउटै कार्यालयमा काम गर्दै आएका अमित र २ वर्षदेखि कार्यरत रञ्जितले सरुवा भएर पनि सरुवा भएको कार्यालयमा जान नमानेको कार्यालयका कर्मचारीहरू बताउँछन् । लामो समयदेखि कार्यरत कार्यालयमा कमिसनबापतको रकम पाउने प्रलोभनमा उनीहरू सरुवा भएको कार्यालयमा नगएको स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस