बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक कर्मचारी मृत भेटिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २, मंगलबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन २,बाजुरा। बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् । मृत भेटिनेमा बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जयलाल दानी रहेको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बोहराले दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मंगलबार बिहान मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार नगरपालिकाकै कर्मचारीले दानीका बारेमा प्रहरीलाई जानकारी गराएका थिए । बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए ।

उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस