देशभर मनसुनी वायुको प्रभाव : हल्का देखि मध्यम वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस