आजको मौसम : देशभर बर्षा हुने, मनसुन न्यून चापीय रेखा दक्षिणतिर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभाग एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस