‘दोषी ठहरिए कानुनी सजाय भोग्न तयार छु’ : व्यवसायी मल्होत्रा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । व्यवसायी दीपक मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्। त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो घटनामा आफू निर्दोष रहेको स्पष्ट पारे।सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको उनको दावी छ।

ुसुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैन। म नेपालमा बसोबास गर्ने व्यक्ति हुँ। काम विशेषले कहिलेकाही विदेश जानेगर्छु,ु उनले भने,ुदोषी ठहरिए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार छु।ु

उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको आशंका व्यक्त गरे।

ताजा अपडेट

खोजी गर्नुहोस