पर्सामा स्वास्थ उपचार सेवामा सहयोग र सहजीकरणको लागी हेल्पलाईन नम्बर सुरु

Post Thumbnail

दिपू वर्णवाल

साउन ५, वीरगञ्ज । जनमत पार्टी पर्साले स्वास्थ उपचार सेवामा सहयोग र सहजीकरणको लागी बिहिबारदेखि हेल्पलाईन नम्बरहरु जारी गरेको छ ।
चिकित्सक जनमत संघ पर्साका संयोजक र राष्ट्रिय परिषद सदस्य डा अजय यादव र स्वास्थकर्मी जनमत संघका पर्सा संयोजक नन्दन सिंहले हेलपलाईनको नेतृत्व गर्ने जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सरार्फले बताए ।

आम जनतालाई स्वास्थ, उपचार सेवामा कठिनाइ भए, अस्पतालमा शैया मिलाउन सहयोगदेखि रगत उपलब्ध गराउने एवं उचित परामर्श सेवा उपलब्ध गराउने यो अभियानको लक्ष्य रहेको डा अजय यादवले बताए ।

स्वास्थ क्षेत्रमा देखिएका बेथितिका कारण आम जनता महँगो शुल्कमा पनि भरपर्दो सेवा लिन नसकेको वर्तमान अवस्थामा लोक कल्याणकारी अभियानको रुपमा यसलाई तदारुकताका साथ कार्यन्वयन गर्ने पार्टीको जोड रहेको छ ।

अन्य क्षेत्रको सेवा प्रदायक सार्वजनिक र सरकारी कर्यालयहरुमा सहज, सुलभ र बिना घुसखोरीको सेवा प्रदान गर्न थप जनशक्ति परिचालन गरि हेल्पलाईन नम्बरहरु जारी गरिने आगामी योजनाहरु रहेको पार्टीका जिल्ला संयोजक सरार्फले बताए । पार्टीलाई जन मैत्री बनाउन एवं आम जनता संग जोडन कुनै कसर बाकी नराख्ने पार्टीको निति रहेको उनले दाबी समेत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस