समयमै भुक्तानी र ठेक्काको म्याद थप गर्नुपर्ने निर्माण व्यवसायीहरुको माग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलामा उपस्थित हुन ७७ जिल्लाबाट आइपुगेका निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको मागलाई बेवास्ता गरेपछि राष्ट्रिय सम्मेलन गरी समस्याको समाधान खोज्न लागेको बताए ।

उनीहरुले निर्माण उद्योगमा भएका समस्या, देशभरका निर्माण व्यवसायीको अवस्था र गर्नुपर्ने सुधारका बारेमा छलफल गरी सरकारलाई सुझाव दिनका लागि सम्मेलन आयोजना भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस