भारतले धौलीगंगा बाँध पुनः खोल्यो, महाकाली नदीमा सतर्कता अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ६, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाडौँ । भारतले धौलीगंगा बाँध पुनः खोलेको छ । आज बिहान ५ बजे बाँधको ढोका खोलेको हो ।

यसअघि भारतले गत असार २६ गते बाँध खालेको थियो । बाँध राति ८ बजेसम्मका लागि खोलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस