सुन तस्करी प्रकरण : भन्सारका एक कर्मचारी निलम्बित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ६, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् ।

भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस