को–को हुन् देउरालीका अध्यक्ष चौलागाईलाई सताउने मिटरब्याजी ? (नामावली सहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण ९, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाण्डौँ । ललितपुरको सातदोबाटोस्थीत केन्द्रिय कार्यालय रहेको देउराली सहकारीले अनुचित लेनदेन गर्ने मिटरब्याजी र कर्जा लिइ पटक पटक ताकेता गर्दा पनि सम्र्पकमा नआउने ठुला ऋणि तथा कर्मचारीलाई १५ दिने सुचना जारी गरि हिसाव मिलान गर्न आउन अनुरोध गरेको छ ।

देउरालीले विज्ञप्ती मार्फत उल्लेख गरेको छ‘ कर्जा लिइ सम्र्पकमा नआउने र सम्र्पकमा रहेर पनि कर्जा तिर्न अँटेर गर्ने ब्यक्ति तथा संस्थालाई १५ दिन भित्र सम्पर्कमा नआए सरकारको कानुन अनुसार कार्वाही अघाडी बढाउने जानकारी गराएको छ । यसरी सम्पर्कमा नआउनेमा रोविन मर्हजन ( पुल्चोक ललितपुर ), सिताराम राउत (धापाखेल, लतितपुर), विवेक केसी (धापाखेल ललितपुर), आशिष प्रधान (धापाखेल ललितपुर ) देबेन्द्र आर्चाय ( किर्तिपुर ४) मोहन घिमिरे ( सामाखोसी काठमाण्डौ ), सुमन मर्हजन ( सातदोबाटो १५, ललितपुर देउरालीको सचिब), सञ्जय अधिकारी ( दरबारमार्ग रेमण्ड स्ुट पसलको साहु), रवी मर्हजन (सुनाकोठी कर्म कन्ट्रक्सनको साहु, विशाल नारायण भारी (कालीमाटी काठमाण्डौ), रुविन मर्हजन भैसेपाटी ललितपुर रहेका छन् । संस्थाको कर्जा लगानी लगानी गर्दा आफनो मनोमानी तरिकाले लगानी गरि र नगद अपचलन गरी भागेका कर्मचारीहरुमा अनन्त श्रेष्ठ ( सेवा केन्द्र भक्तपुरको प्रबन्धक, राजेन्द्र खत्री ( सेवा कैन्द्र भक्तपुरका कर्जा मेनेजर ) सरोज थापा –कर्जा उपप्रमुख), पार्वता भुसाल (मुख्य कार्यालयको बजार प्रमुख), प्रेमिशा पुरी (मुख्य कार्यालयको नगद काउन्टर प्रमुख ), अनुप न्यौपाने ( मुख्य कार्यालय कर्जा प्रमुख ) रहेका चौलागाइले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पटक पटक ताकेता गरेपछि र सम्पर्कमा नआएपछि यसरी नामहरु सार्वजनिक गर्न आफु बाध्य भएको देउरालीका अध्यक्ष रविन्द्र चौलागाइले बताएका छन् ।
सहकारीमा लामो समयदेखि कर्जा नतिर्ने अँटेरी गर्ने ऋणिहरुको खाता, जाय जेथा रोक्का राखेर भएपनि कर्जा उठाउन सहकारी मन्त्रलयको सुचनाले सहयोग पुग्न अध्यक्ष चौलागाइले बताए । बागमती प्रदेश सरकारले भनेको छ ‘विभिन्न बाहानाबाजी एवं केही पक्षले सहकारी संस्थाको ऋण तिर्न नपर्ने भन्ने भ्रामक र गैरजिम्मेवारीपुर्ण अभिब्यक्तिको आधारमा ऋण चुक्क्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थीति सिर्जना भएको भन्ने गुनासा प्राप्त भएका छन् ।

देउराली सहकारीले साउन १५ गतेदेखि बचतकर्ताहरुको फिर्ता गर्न बाँकी रहेको रकमलाई क्रमिक रुपमा सदस्य सेवा केन्द्र न्युरोड बोलाई साना बचतकर्तार्ला नगद र ठुला बचतकर्तालाई जग्गा दिने कार्य निरन्तर गर्ने अध्यक्ष चौलागाइले बताए । देउराली सहकारी संस्था समस्यामा परेदेखि सातदोबाटोको मुख्य कार्यालय र भक्तपुरको सेवा केन्द्र बन्द गरी न्युरोडबाट सेवा दिने गरेको अध्यक्ष चौलागाइले बताए । सहकारी विभाग नयाँ वानेश्वरले आगामी पौष मसान्तमा बचत फिर्ता नगद तथा जग्गाबाट गरिसक्नु पर्ने निवेदन जारी गरेपनि अध्यक्षले चाँडै नै देउरालीको बचत मिलान गरी पुन ब्यवसायमा फर्कि बैंक तथा वित्तिय संस्थाको अगामी असार मसान्तसम्म मिलाइसक्ने बताएका छन् । चौलागाइले साना तथा ठुला बचतकर्ताहरु र बैकहरुको ऋण चुक्ता गरी कृषिमा क्रान्ति ल्याउने तरिकाले काम गर्ने बताएका छन् । उनको योजनामा १० लाख कुखुरा पालनको लागि आधुनिक खोर, पशुपालन, भैंसी र बाखा्र पालन, माछापालन, तरकारी खेती, दुग्धजन्य पदार्थको लागि दुध डेरीको स्थापना लगायत विभिन्न योजना बनाइ आन्तरिक तथा बाह्य उपभोक्तालाई वस्तु उत्पादन गर्ने बृहत परियोजना बनाउने जानकारी पाइएको छ । करिव ३ हजार कर्मचारीलाई रोजगारी दिलाउने गरी काम गर्ने योजना रहेको कुरा अध्यक्ष चौलागाइले बताए । उक्त परियोजनाका लागि करिव ७०० करोड बराबारको लगानी लगाउने कुरा उनी बताउँछन् अध्यक्ष चौलागाई । अध्यक्ष चौलागाई आफु सबैभन्दा बढी मिटरब्याजीबाट पिडित हुनु परेको जनाएका छन् । सहकारी समस्यामा पार्ने मुख्य मिटरब्याजीलाई असार १२ गते मुद्धा दर्ता नं ३५ जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका छन् अध्यक्ष चौलागाईले । उक्त मुद्धा बैंकको स्टेटमेन्ट सहितको पुर्ण कारोबारको प्रमाण सहित पेश गरेको रिट मुद्धा दर्ता भएपछि २ जना मिटरब्याजीले चलनचल्ती भन्दा माथिको ब्याज फिर्ता गरी मुद्धा फिर्ता लिएको कुरा अध्यक्ष चौलागाइले बताए । तर अरु मिटरब्याजीले पैसा फिर्ता नदिइ उल्टै चौलागाइसँग कारोबार गर्दा १ करोड नगद दिँदा ५ करोडको चेक लिने गरेको पाइएको छ । उनीहरुले अध्यक्ष चौलागाइलार्य विभिन्न धाकधम्की दिने, चेक वाउन्स गरी पुलिस केस गर्ने, तथा ज्यान मार्ने धम्की समेत दिने गरेका कुरा पाइएको छ । त्यसैले उनले नेपाल सरकारको सम्बन्धीत निकायहरुसँग शान्ति सुरक्षा लिइसकेको र मिटरब्याजीहरुलाई हरहालतमा नछाड्ने बताउँछन् चौलागाइले । मिटरब्याजी सम्बन्धी कानुन बनिसकेकोले आफु अब कदापी पछि नह्टने बताउँछन् अध्यक्ष चौलागाइ । मिटरब्याजीले ठुलो मात्रामा नगद, घर, जग्गा, लिएको सक्कल प्रमाण जिल्ला प्रशासन कार्यालयमा भेटिएको कुरा बताउँछन अध्यक्ष चौलागाइ ।

आफनै कर्मचारीबाट समेत आफु पिडामा रहेको कुरा उनी बताउँछन । आफनै कर्मचारीहरुलाई पनि १५ दिने सुचना लिने सुचना जारी गरि आफुले प्रयोग गरेको सवारी साधन फिर्ता गर्न र लिएको कर्जा समेत फिर्ता गर्न अनुरोध गरेका छन् अध्यक्ष चौलागाइले । नत्र कानुनी प्रक्रियाको बाटो अपनाउन आफु बाध्य हुनुपर्ने बताउँछन् चौलागाइ । चौलागाईले देउराली सहकारीको मुख्य कार्यालय रहेको भवनको मालिकलाई पनि मुद्धा हालेका छन् । उक्त घर देउराली सहकारी र चालागाइबीच १० बर्षका लागि सम्झौता भएको हो । केही समयदेखि भाडा नपाएको निहुँमा सुरेन्द्र गोपाल श्रेष्ठले नक्कली चाबी बनाइ देउराली सहकारीको महत्वर्पुण डकुमेन्ट गायब गरेको त्यहाँ रहेको विभिन्न देबी देबताको बहुमुल्य सामान लगेको, ५ लाख मुल्य पर्ने एकुरेम र माछा मारेको सहित १० करोडको क्षती पुर्याएको बताउछन् चौलागाइ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस