थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १२, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाण्डौँ । थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो । गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए ।

गाडी के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ। घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस