भारतबाट पेट्रोल, डिजेलको मूल्य बढेर आयो, ग्यासमा सय रुपैयाँ घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण १६, मंगलबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १६, काठमाडौँ । भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ । ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस