अधिवक्ता भगवती पाण्डे पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १७, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको पक्राउको माग राखेर तामाङ समुदायका विभिन्न संघसंस्थाले बुधबार दिउँसो प्रहरी परिसर टेकुमा धर्ना दिँदै प्रदर्शन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस